नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर, शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर, शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको आरोपमा कैलालीका हरिराम डंगौराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कैलालीको भजनीगोरिया गाउँपालिका–४ स्थित श्री जगन्नाथ आधारभूत विद्यालयमा बालविकास सहयोगी कार्यकर्ता शिक्षकका रूपमा कार्यरत डंगौराले एसएलसी उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।

उनले कैलालीको चौमालास्थित मालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको भन्दै नक्कली मार्कसिट र चारित्रिक प्रमाणपत्र पेस गरी पद, लाभ तथा सुविधा लिएको आरोप छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले कैद र जरिवानाको सजाय मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन शाहले गरे एनपीएलको तेस्रो संस्करण उद्घाटन
16 घण्टा अगाडि

काठमाडौं, कात्तिक ९ । नेपाली क्रिकेटको ठूलो उत्सवका रूपमा हेरिएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस ...

छुटाउनुभयो कि ?

TOP