सहकारी पीडितको बचत फिर्ता प्रक्रिया तीव्र पार्छौँ : मन्त्री रावल

सहकारी पीडितको बचत फिर्ता प्रक्रिया तीव्र पार्छौँ : मन्त्री रावल

लामो समयदेखि सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएर समस्यामा परेका नागरिकलाई राहत दिने प्रक्रिया तीव्र पार्ने सरकारले जनाएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सोमबार चितवन पुगेर सहकारी पीडित तथा भूमिहीन नागरिकसँग भेट गरी उनीहरूका समस्या र समाधानका उपायबारे छलफल गरेकी छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको बताइन्। लामो समयदेखि पीडामा रहेका बचतकर्ताको रकम सकेसम्म छिटो फिर्ता गर्नुपर्नेमा जोड दिँदै उनले यस कार्यलाई थप तीव्र बनाइने बताइन्।

उनले बचत फिर्ता नगर्ने सहकारीलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता पनि औँल्याइन्। सरकारले सहकारी पीडितका समस्या समाधानलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

मन्त्री रावलले भूमिहीन तथा सुकुमबासी नागरिकका समस्या समाधान गर्न देखिएका कानुनी र नीतिगत जटिलता हटाएर अघि बढिरहेको पनि बताइन्। लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने विषयमा आवश्यक सुधार गरिएको उनले जानकारी दिइन्।

चितवन भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, सहकारी पीडित तथा स्थानीय नागरिकसँग छलफल गरेकी छन्। सरकारले गरेका काम र आगामी योजनाबारे जानकारी गराउनुका साथै नागरिकका गुनासा सुनेर समाधानको पहल गर्ने उद्देश्यले आफू जनतामाझ पुगेको उनले बताइन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इरानको आणविक क्षमता ध्वस्त पारेको ट्रम्पको दाबी, तर पूर्ण विनाशको पुष्टि छैन
एक घण्टा अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरूमा गरिएको सैन्य आक्रमणले उसको ...

छुटाउनुभयो कि ?

TOP