चर्चामा
काठमाडौ ।महानायक राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र परराष्ट्र नीतिको आधारमाथि प्रश्न उठ्ने गरी कुनै पनि पदाधिकारीले अभिव्यक्ति दिन नहुने बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै हमालले अर्थमन्त्री वाग्लेले आफ्नो मन्त्रालयको कार्यक्षेत्र र अधिकारको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिएको टिप्पणी गरेका छन्। यस्तो अभिव्यक्तिले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिलाई कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ।
हमालले नेपाल–भारत सम्बन्ध इतिहास, भूगोल, संस्कृति र जनस्तरको आत्मीयतामा आधारित रहेको उल्लेख गर्दै छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन्। तर, सम्बन्ध सुधार्ने नाममा नेपालको राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादामा सम्झौता गर्न नहुने उनको धारणा छ।
उनले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको विषय बनाउन नहुने भन्दै लामो समयदेखि समाधान हुन नसकेको सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
नेपालले आफ्नो धारणा स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादमार्फत स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै हमालले छिमेकीसँगको मित्रता र राष्ट्रिय सार्वभौमिकताप्रतिको प्रतिबद्धता एकअर्काका विरोधी नभई परिपूरक जिम्मेवारी भएको उल्लेख गरेका छन्।
स्वतन्त्र राष्ट्रका रूपमा नेपालको आफ्नै पहिचान, स्वाभिमान र राष्ट्रिय हित रहेको भन्दै उनले अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले आफ्नो हैसियत र मर्यादा कायम राख्नुपर्ने धारणा राखेका छन्।
काठमाडौ ।चीनका चर्चित अर्थशास्त्री रेन जेपिङको सामाजिक सञ्जाल खातामाथि प्रतिबन्ध लगाइएको छ। चीनको लो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!