चर्चामा
काठमाडौ ।वरिष्ठ गायक आनन्द कार्कीले ‘दुश्मन हेरेको हेर्यैमा’ गीत गाएबापत पारिश्रमिक नपाएको आरोप लगाएपछि गायक दुर्गेश थापाले स्पष्टीकरण दिएका छन्। उनले उक्त गीतमा सहकार्य गरेबापत आनन्द कार्कीलाई सहमति भएको पारिश्रमिक भुक्तानी गरिसकेको दाबी गरेका छन्।
प्राइम टेलिभिजनबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा गायक कार्कीले पारिश्रमिक नपाएको विषय उठाएपछि दुर्गेशले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
दुर्गेशले गीतमा सहकार्य गर्ने सम्पूर्ण कलाकार तथा प्राविधिकको पारिश्रमिक सम्बन्धित समयमै भुक्तानी गरिसकेको उल्लेख गरेका छन्। आनन्द कार्कीलाई पनि सहमति भएको रकम बुझाइसकेको र त्यसको प्रमाण प्रेस विज्ञप्तिसँगै संलग्न गरेको उनको दाबी छ।
यस्तै, कार्कीले कार्यक्रममा उल्लेख गरेको अर्को गीतका विषयमा भने दुर्गेशले आफ्नो सिर्जना भए पनि उक्त गीत चलचित्रका लागि तयार गरिएको स्पष्ट पारेका छन्। चलचित्रसँग सम्बन्धित निर्माण, व्यवस्थापन तथा भुक्तानीको जिम्मेवारी सम्बन्धित चलचित्र पक्षकै रहेको उनको भनाइ छ।
दुर्गेशले अग्रज कलाकारप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै कुनै विषयमा फरक बुझाइ हुँदैमा कलाकारबीचको आपसी सम्मान र सांगीतिक सम्बन्ध कमजोर हुन नहुने बताएका छन्।
उनले विवाद सिर्जना गर्नु आफ्नो उद्देश्य नभई वास्तविकता स्पष्ट पार्नु रहेको जनाउँदै सार्वजनिक भएका तथ्यका आधारमा विषयलाई निष्पक्ष रूपमा बुझिदिन सञ्चारमाध्यम तथा संगीतकर्मीलाई आग्रह गरेका छन्।
पारिश्रमिक नपाएको आनन्द कार्कीको आरोप र भुक्तानी गरिसकेको दुर्गेशको दाबीले नेपाली संगीत क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ।
काठमाडौ ।महानायक राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रत ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!