चर्चामा
काठमाडौ ।चीनका चर्चित अर्थशास्त्री रेन जेपिङको सामाजिक सञ्जाल खातामाथि प्रतिबन्ध लगाइएको छ। चीनको लोकप्रिय सामाजिक सञ्जाल विच्याटमा उनले सञ्चालन गर्दै आएको ‘जेपिङ म्याक्रो’ नामक आधिकारिक खातामा नयाँ फलोअर थप्न रोक लगाइएको हो।
अक्टोबर २४ मा प्रयोगकर्ताहरूले उक्त खातालाई फलो गर्न खोज्दा ‘नियम उल्लङ्घनका कारण यो खातालाई फलो गर्न सकिँदैन’ भन्ने सन्देश देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि अक्टोबर २३ सम्म उक्त खाताबाट नियमित रूपमा सामग्री प्रकाशित भइरहेको थियो। तर, त्यसको भोलिपल्टदेखि खाता खोज्न र नयाँ प्रयोगकर्ताले फलो गर्न नसक्ने अवस्था आएको हो।
खातामाथि किन प्रतिबन्ध लगाइएको हो भन्ने विषयमा चिनियाँ सामाजिक सञ्जाल सञ्चालकले स्पष्ट कारण सार्वजनिक गरेका छैनन्। रेन जेपिङको टोलीले भने ग्राहक सेवामार्फत प्राविधिक समायोजनका कारण करिब १५ दिनसम्म समस्या रहन सक्ने जनाएको छ।
यद्यपि, उनको अर्को भिडियो खाता भने सामान्य रूपमा सञ्चालनमा रहेको र फलो गर्न सकिने बताइएको छ।
रेन जेपिङ चीनका चर्चित स्वतन्त्र अर्थशास्त्री तथा ‘जेपिङ म्याक्रो’ का संस्थापक हुन्। उनले यसअघि सरकारी अनुसन्धान निकाय तथा विभिन्न ठूला वित्तीय संस्थामा अर्थशास्त्रीका रूपमा काम गरिसकेका छन्।
चीनमा वित्तीय विषयमा सामाजिक सञ्जालमार्फत प्रभाव पार्ने व्यक्तिहरूमाथि नियामकीय निगरानी बढिरहेका बेला उनको खातामा लगाइएको प्रतिबन्धलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तर, प्रतिबन्धको वास्तविक कारण भने अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।
काठमाडौ ।महानायक राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रत ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!