चर्चामा
महानवमीका अवसरमा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा पञ्चबलि दिइएको छ। महानवमीका दिन नवदुर्गा भगवतीको विशेष पूजा–आराधना गरी बोका, हाँस, कुखुरा र राँगालगायतको बलि दिने धार्मिक परम्परा रहिआएको छ।
धार्मिक मान्यताअनुसार, महानवमीकै दिन देवी चामुण्डाले रक्तबीज राक्षसको वध गरेकी थिइन्। त्यसैले यस दिनलाई शक्तिस्वरूपा नवदुर्गाको आराधना र विजयको प्रतीकका रूपमा विशेष महत्त्वका साथ लिने गरिन्छ।
महानवमीमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गरेको छ।
बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार दिउँस ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!