चर्चामा
साउदी ।साउदी अरबमा सुरक्षा जोखिम बढ्दै गएपछि अमेरिकाले आफ्ना गैरआकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई साउदी अरब छाड्न निर्देशन दिएको छ। अमेरिकी विदेश मन्त्रालयले अक्टोबर २३ मा साउदी अरबसम्बन्धी यात्रा चेतावनी जारी गर्दै सुरक्षा जोखिमका कारण यस्तो निर्णय गरेको हो। साथै अमेरिकी नागरिकलाई साउदी अरबको यात्रा नगर्न आग्रह गरिएको छ।
यमनका हुथी विद्रोहीबाट साउदी अरबका विमानस्थल तथा महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमणको जोखिम बढेपछि अमेरिकाले यस्तो कदम चालेको हो। पछिल्ला आक्रमणमा सर्वसाधारणको मृत्यु तथा घाइते भएका घटना सार्वजनिक भएका छन्।
साउदी अरबको शेबा तेल क्षेत्रमा ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली श्रमिकको समेत मृत्यु भएको छ। घटनामा एक फिलिपिनो नागरिकको पनि ज्यान गएको थियो। नेपाल सरकारले नेपाली नागरिकको मृत्यु भएको पुष्टि गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ। साउदी अरबमा करिब तीन लाख ८५ हजार नेपाली श्रमिक कार्यरत रहेको सरकारी तथ्यांक छ। उनीहरूको सुरक्षालाई लिएर नेपालस्थित परिवारसमेत चिन्तित छन्। रियादस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न, अनावश्यक आवतजावत नगर्न र हवाई यात्रा गर्नुअघि उडानको अवस्था निश्चित गर्न आग्रह गरेको छ।
नेपाल सरकारले भने अहिलेसम्म साउदी अरबमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन निर्देशन दिएको छैन। सरकारले नेपाली नागरिकको अवस्था अनुगमन तथा दूतावासमार्फत समन्वय गरिरहेको छ। तर सुरक्षा जोखिम थप बढेमा श्रमिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक परे उद्धार गरी स्वदेश फर्काउने विषयमा सरकारको तयारी कस्तो छ भन्ने चासो बढेको छ।
अमेरिकाले आफ्ना सरकारी कर्मचारी र परिवारको सुरक्षाका लागि देश छाड्न निर्देशन दिइरहँदा नेपाल सरकारले पनि विदेशमा रहेका नेपाली श्रमिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिनुपर्ने देखिएको छ।
रेमिट्यान्स पठाउने नेपाली श्रमिकको जीवन सुरक्षाका लागि सरकारसँग तत्कालीन र दीर्घकालीन योजना के छ? जोखिम बढे उनीहरूको उद्धार कसरी हुन्छ?
विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा राज्यको दायित्व हो। संकट गहिरिनुअघि नै सरकारले आवश्यक तयारी गर्नु जरुरी छ।
काठमाडौ ।चीनका चर्चित अर्थशास्त्री रेन जेपिङको सामाजिक सञ्जाल खातामाथि प्रतिबन्ध लगाइएको छ। चीनको लो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!