चर्चामा
काठमाडौ ।वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर फरार रहेका व्यक्तिहरूलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमति लिएर विभिन्न मितिमा पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन निर्देशन दिएको हो।
तोकिएको अवधिभित्र सम्पर्कमा नआए वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ।
विभागका अनुसार फरार व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने, यात्रा अनुमति रोक्का राख्ने तथा आवश्यक अन्य कानुनी कारबाहीसमेत अघि बढाइनेछ।
वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन विभागले यस्तो कदम चालेको हो।
काठमाडौ ।महानायक राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रत ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!