चर्चामा
काठमाडौं । बडादशैँ २०८३ को अवसरमा महानवमीका दिन सशस्त्र प्रहरी बल, नेपालको निशान, मौलो तथा कोत पूजा सम्पन्न भएको छ।
कार्तिक ३ गते बिहान ७ बजेर ३५ मिनेटको पूजाको संकल्प साइतमा हलचोक स्वयम्भूस्थित नं. १९ बगलामुखी विशेष कार्यदल गणमा पूजा सम्पन्न भएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको निशानमा विधिपूर्वक पञ्जाछाप लगाउनुभएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बलको सलामी टोलीले निशान भगवतीलाई सलामी अर्पण गरेको थियो। त्यसैगरी अतिरिक्त महानिरीक्षक, प्रधान कार्यालय तथा उपत्यकास्थित विभिन्न इकाईका वरिष्ठ अधिकृत, अधिकृत तथा जवानहरूले पूजाअर्चना र मौलो परिक्रमा गरेका थिए।
सशस्त्र प्रहरी बल, नेपालले आफ्नो साङ्गठनिक परम्पराअनुसार हरेक वर्ष बडादशैँको अवसरमा निशान, मौलो तथा कोत पूजा गर्दै आएको छ।
पूजा समारोहको समापनमा महानिरीक्षक पौडेलले मौलो पूजा व्यवस्थापन तथा सञ्चालनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई पगरी र नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!