प्रधानमन्त्री बालेन शाहले गरे एनपीएलको तेस्रो संस्करण उद्घाटन

प्रधानमन्त्री बालेन शाहले गरे एनपीएलको तेस्रो संस्करण उद्घाटन

काठमाडौं, कात्तिक ९ । नेपाली क्रिकेटको ठूलो उत्सवका रूपमा हेरिएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार प्रतियोगिताको उद्घाटन समारोह आयोजना गरिएको हो।

उद्घाटनअघि प्रधानमन्त्री शाहले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको बताएका थिए। उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई सफल आयोजनाका लागि शुभकामना दिएका थिए।

तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्। यी दुई टोलीबीचको खेल सोमबार अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ।

यस संस्करणमा लुम्बिनी र सुदूरपश्चिमसहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पोखरा एभेन्जर्सका फ्यान पार्क पोखरा र भक्तपुरमा, निःशुल्क प्रवेशको अवसर
एक घण्टा अगाडि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक मैदानमा मात्रै सीमित नरहने भएको छ। पोखरा एभेन्जर्सले ...

छुटाउनुभयो कि ?

TOP