मौसममा क्रमिक सुधार, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

मौसममा क्रमिक सुधार, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

सुदूरपश्चिमको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति हिमाली तथा पहाडी भू–भाग र सुदूरपश्चिम तथा लुम्बिनीको तराईमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

समग्रमा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन 'ए' खुवाइने
2 घण्टा अगाडि

काठमाडौँ । सरकारले कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन 'ए' खुवाउने ...

छुटाउनुभयो कि ?

TOP