चर्चामा
काठमाडौं । इबोला सङ्क्रमण नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एक नर्सको मृत्यु भएको छ भने अर्का स्वास्थ्यकर्मी गम्भीर घाइते भएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार पूर्वी कङ्गोको त्शोपो प्रान्तस्थित बाफ्वासेन्डे क्षेत्रमा इबोलासम्बन्धी सूचनापछि स्वास्थ्यकर्मीहरू प्रतिकार्यमा खटिएका बेला शनिबार उनीहरूमाथि आक्रमण भएको हो।
कङ्गोमा फैलिएको इबोला प्रकोप नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरू सक्रिय रहे पनि डर, गलत सूचना र स्थानीय अविश्वासका कारण उपचार तथा नियन्त्रणको काम चुनौतीपूर्ण बनेको छ। स्वास्थ्यकर्मीमाथि हुने आक्रमणले सङ्क्रमितको पहिचान, उपचार र रोग फैलिन नदिन गरिने प्रयासमा बाधा पुग्ने डब्लुएचओले जनाएको छ।
डब्लुएचओले इबोला नियन्त्रणमा खटिएका सबै स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
काठमाडौं । फ्रान्समा महँगी, सार्वजनिक सेवासम्बन्धी असन्तुष्टि र सरकारी नीतिको विरोधमा भएका प्रदर्शनक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!