चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु !

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु !

काठमाडौंको चोभारडाँडास्थित ऐतिहासिक आदिनाथ मन्दिरमा आजदेखि एकमहिने मेला सुरु भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजन सहभागी भएका छन्। मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुनेछ। लिच्छवीकालीन इतिहास बोकेको आदिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र हो। मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप झल्काउने मूर्ति रहेकाले यसलाई अर्धनारीश्वर मन्दिरसमेत भनिन्छ। मेलामा सहभागी हुँदा छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने तथा मन्दिरको दर्शन र पूजाआजा गर्दा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। बौद्ध धर्मावलम्बीले यहाँ लोकेश्वरका रूपमा र हिन्दू धर्मावलम्बीले शिवशक्तिका रूपमा आदिनाथको पूजा गर्ने परम्परा छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

फ्रान्समा प्रदर्शनका क्रममा १ हजार ३१४ जना पक्राउ, ५३ सुरक्षाकर्मी घाइते
17 मिनेट अगाडि

काठमाडौं । फ्रान्समा महँगी, सार्वजनिक सेवासम्बन्धी असन्तुष्टि र सरकारी नीतिको विरोधमा भएका प्रदर्शनक ...

छुटाउनुभयो कि ?

TOP