कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन 'ए' खुवाइने

कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन 'ए' खुवाइने

काठमाडौँ । सरकारले कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन 'ए' खुवाउने तयारी गरेको छ। दसैँका कारण नियमित तालिका परिवर्तन गर्दै सरकारले यसपटक कार्यक्रम कात्तिकको तेस्रो साता सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।

विभागका अनुसार भिटामिन 'ए' क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ। कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

बालबालिकामा हुने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एनपीएल सुरक्षामा दैनिक १ हजारभन्दा बढी प्रहरी परिचालन !
20 मिनेट अगाडि

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचा ...

छुटाउनुभयो कि ?

TOP