चर्चामा
काठमाडौं । फ्रान्समा महँगी, सार्वजनिक सेवासम्बन्धी असन्तुष्टि र सरकारी नीतिको विरोधमा भएका प्रदर्शनका क्रममा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको छ। प्रदर्शनका क्रममा ५३ जना सुरक्षाकर्मी घाइते भएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ।
अक्टोबर २४ मा देशका विभिन्न सहरमा भएको प्रदर्शनमा ठूलो सङ्ख्यामा मानिस सहभागी भएका थिए। राजधानी पेरिससहित लियोँ, मार्सेई र नान्टेसलगायत सहरमा प्रदर्शनका क्रममा केही स्थानमा झडप र तोडफोडसमेत भएको थियो।
प्रदर्शनको अधिकांश हिस्सा शान्तिपूर्ण रूपमा अघि बढे पनि केही स्थानमा अवस्था तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे फ्रान्सेली अधिकारीहरूले अनुसन्धान अघि बढाएका छन्।
काठमाडौं । इबोला सङ्क्रमण नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा प्रजातान्त्रिक गणत ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!