'मन्त्री जनतालाई भेट्न जानुपर्छ' : मन्त्री रावल

'मन्त्री जनतालाई भेट्न जानुपर्छ' : मन्त्री रावल

चितवन, कात्तिक ९ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या बुझ्न मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन्।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री रावलले भूमिहीन नागरिक र सहकारी पीडितका समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताइन्। सरकारले गरिरहेका काम र आगामी योजनाबारे जनतालाई जानकारी गराउन आफू चितवन आएको उनको भनाइ छ।

उनले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको जनाउँदै त्यसलाई तीव्रता दिइने बताइन्। लामो समयदेखि बचत फिर्ता नपाएका नागरिकलाई राहत दिन रकम फिर्ता नगर्ने सहकारीलाई ताकेता गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

भूमिहीन नागरिकलाई बसोबास गरिरहेको स्थानबाट हटाइने हो कि भन्ने आशङ्का निराधार रहेको बताउँदै मन्त्री रावलले जग्गाधनी पुर्जा वितरणमा बाधक बनेका कानुनी जटिलता हटाएर सरकार अघि बढेको बताइन्।

उनका अनुसार आवश्यक नीतिगत सुधार गरिसकिएको छ भने कार्यान्वयनका क्रममा देखिने थप समस्या समाधान गर्दै भूमिहीनलाई जग्गाको स्वामित्व उपलब्ध गराउने काम अघि बढाइनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एनपीएल सुरक्षामा दैनिक १ हजारभन्दा बढी प्रहरी परिचालन !
एक घण्टा अगाडि

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचा ...

छुटाउनुभयो कि ?

TOP