माया भएर पनि पराई

माया भएर पनि पराई

शीर्षक: माया भएर पनि पराई

मुटुभरि माया बोकेँ, तिम्रै हुन सकिनँ,
मनभित्र तिमी सजाएँ, तिम्रै हुन सकिनँ।
तिम्रो हाँसो फूलझैँ फुल्दा, आफ्नै खुसी मान्थेँ,
तिम्रा आँसु झर्दा पनि, पीर लुकाई बाँचेँ।

तिम्रो बाटो फूल छर्न, मनले सधैँ चाह्यो,
तिम्रो दुःख हटाइदिने, सपना मनमा आयो।

तिम्रो बाटो फूल छर्न, मनले सधैँ चाह्यो,
तिम्रो दुःख हटाइदिने, सपना मनमा आयो।
तिम्रो पाइलासँगै हिँड्ने, भाग्य लेखिएन,
माया साँचो हुँदाहुँदै, साथ जुट्न सकेन।
मेरो हृदयमा तिमी थियौ, तिम्रो कहाँ म थिएँ?
तिम्रै सम्झी रात काटेँ, तिमी कहाँ म थिएँ?
एउटै छानोमुनि पनि, दूरी बढ्दै गयो,
मौनताले मनको भाषा, बिस्तारै खायो।
एउटै आँगन, एउटै घर, मन भने बेग्लै,
ओठमा मीठा वचन थिए, भावना अभागी।
सँगै बसी जीवन काट्ने, रहर अधुरै रह्यो,
मायाको त्यो सुन्दर सपना, आँसुमै बगेर गयो।
माया गर्नु पाप होइन, भाग्य आफ्नो हुँदैन,
मनले रोजेको मान्छे, सधैँ आफ्नो हुँदैन।
सम्झनाको दीप बालेर, मनलाई बुझाउँछु,
तिम्रो हुन नसके पनि, शुभकामना पठाउँछु।

रचनाकार: गोबिन्द राज ओझा (राजन)

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एनपीएल सुरक्षामा दैनिक १ हजारभन्दा बढी प्रहरी परिचालन !
एक घण्टा अगाडि

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचा ...

छुटाउनुभयो कि ?

TOP