साउदी अरबका तेल केन्द्र र रियाद विमानस्थलमा आक्रमण गरेको हुथीको दाबी

साउदी अरबका तेल केन्द्र र रियाद विमानस्थलमा आक्रमण गरेको हुथीको दाबी

काठमाडौं । मध्यपूर्वमा तनाव बढिरहेका बेला यमनका हुथी विद्रोहीले साउदी अरबका तेल पम्पिङ केन्द्र र रियाद विमानस्थललाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हुथी समूहले सोमबार साउदी अरबको पूर्व-पश्चिम तेल पाइपलाइनसँग सम्बन्धित केन्द्रहरू र रियाद विमानस्थलमा आक्रमण गरेको जनाएको हो। यसअघि साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण केन्द्र नष्ट गरेको दाबी गरेको थियो।

क्षेत्रीय द्वन्द्व चर्किँदा तेल आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा थप असर पर्न सक्ने चिन्ता बढेको छ। यद्यपि, हुथीको पछिल्लो आक्रमणसम्बन्धी दाबीलाई साउदी पक्षले तत्काल पुष्टि गरेको छैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

फ्रान्समा प्रदर्शनका क्रममा १ हजार ३१४ जना पक्राउ, ५३ सुरक्षाकर्मी घाइते
एक घण्टा अगाडि

काठमाडौं । फ्रान्समा महँगी, सार्वजनिक सेवासम्बन्धी असन्तुष्टि र सरकारी नीतिको विरोधमा भएका प्रदर्शनक ...

छुटाउनुभयो कि ?

TOP