टिकटक्टर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

टिकटक्टर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

२१ जेठ, काठमाडौं । टिकटक्टर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश गरेको छ । जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएकी उनलाई अदालतमा पेश गरिएको थियो । उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ ।

अनुसन्धानका क्रममा उनी पछिल्लो समय चीनमा बस्दै आएको खुलेको थियो । पक्राउ अघि सामाजिक सञ्जालमार्फत उनले आफूविरुद्धको अनुसन्धानलाई लिएर असन्तुष्टि जनाउँदै प्रहरीमाथि प्रश्न उठाएकी थिइन् ।

प्रहरीका अनुसार साउन २२ मा प्रहरी वृत्त सातदोबाटोमा परेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । पछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरसमेत जोडिएको हो ।

उनविरुद्ध ६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको बताइएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
एक महिना अगाडि

बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ...

छुटाउनुभयो कि ?

TOP