जनकपुरधाम। नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट पाँच वर्ष कैद सजाय सुनाइएपछि प्रहरीले उनलाई महोत्तरीको गौशालाबाट नियन्त्रणमा लिएको हो।
महोत्तरी जिल्ला अदालतले यसअघि उक्त मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बुधबार उनलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो।
अदालतको फैसला सार्वजनिक भएसँगै प्रहरी टोलीले खोजी तीव्र बनाएको थियो। त्यसक्रममा कोइरीलाई बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कोइरी महोत्तरीको गौशाला नगरपालिका–निगौल निवासी हुन्। उनी नेकपा एमालेबाट निर्वाचित पूर्वसांसद समेत हुन्। उच्च अदालतको आदेशपछि अब उनलाई कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित कारागार पठाइने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
थमन विक हत्या प्रकरण लामो समयदेखि चर्चामा रहेको मुद्दामध्ये एक हो। जिल्ला अदालतबाट सफाइ पाएपछि पनि उच्च अदालतले फरक फैसला सुनाएसँगै यो प्रकरण पुनः चर्चामा आएको छ।
सुदूरपश्चिम प्रदेशमा गत रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!