गोरखा । नेपाल राज्य एकीकरणको उद्गमस्थल लिगलिगकोटसँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चेपे-मर्स्याङ्दी दोभान क्षेत्रमा शनिबार सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न कार्यक्रम पालुङटार नगरपालिकाको नगर कार्यपालिका कार्यालयको सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रममा वडा नं. ५ कार्यालय, इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, दोभान टोल विकास संस्था, दोभान महिला समूह तथा चेपे आदर्श युवा क्लबको सहकार्य रहेको थियो।
नेपाल राज्य एकीकरणको इतिहाससँग जोडिएको तथा हरेक वर्ष आयोजना हुने ऐतिहासिक लिगलिगे दौडलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। सरसफाइसँगै विभिन्न प्रजातिका बिरुवाहरू रोपेर क्षेत्रको वातावरणीय संरक्षण तथा सौन्दर्यीकरणमा समेत जोड दिइएको थियो।
कार्यक्रमलाई सफल बनाउन स्थानीय दोभानवासी, व्यवसायी, संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मानबहादुर आले मगरले कार्यक्रम सफल बनाउन तन, मन र समय दिएर सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी, व्यवसायी, संघका पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
ऐतिहासिक सम्पदाको संरक्षण, वातावरणीय सन्तुलन र पर्यटन प्रवर्द्धनलाई टेवा पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको यस्तो अभियानले लिगलिग क्षेत्रको पहिचान थप मजबुत बनाउने विश्वास गरिएको छ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!