त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुत्ता, पाइन्ट, साडीलगायतका कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गोबाट ठूलो परिमाणमा सुनका गरगहना बरामद भएपछि दुई जना पक्राउ परेका छन्।
विमान सुरक्षा प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन्।
प्रहरीका अनुसार १६ असार साँझ करिब ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा अमेरिका पठाउन तयार गरिएको कार्गो बाकस एक्स–रे परीक्षण गर्दा कपडाको सट्टा ठूलो मात्रामा सुनका गरगहना फेला परेका हुन्। उक्त कार्गो युनिक कार्गो र एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउने तयारी गरिएको थियो।
प्रहरी स्रोतका अनुसार ती सामानले भन्सार जाँचपाससमेत गरिसकेका थिए। तर अन्तिम एक्स–रे परीक्षणका क्रममा शंकास्पद वस्तु देखिएपछि थप जाँच गर्दा सुनका विभिन्न प्रकारका गरगहना बरामद भएका हुन्।
बरामद गरिएका गरगहनामा २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८ थान सिंगल ब्रोच, १८ थान डबल ब्रोच, ५ थान ठूलो शिरफूल, २ थान सानो शिरफूल, १६ थान नेपालको झण्डा अंकित ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसूत्र, ३९ थान मोतिमाला, १ थान रानीहार, १ थान त्रिशूल, ४ थान गोलावा नेक्लेस, ९ थान चारपाटे नेक्लेस, २६ थान काँडावाला चुरा, ३ सेट इयररिङसहितको शिरबन्दी, ३ जोर झुम्का, ४ थान तिलहरी र १ थान सिक्री रहेका छन्।
प्रहरी स्रोतका अनुसार उक्त गरगहना जसको भएको दाबी गरिएको छ, ती व्यक्ति भने यसअघि नै अमेरिका पुगिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा गत रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!