काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटनापछि नदीमा बेपत्ता भएको गाडी र यात्रुको खोजी कार्यलाई तीव्र बनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार जना गोताखोरसहितको विशेष टोली घटनास्थल पुगेको छ। टोलीले नदीभित्र खोजी गर्न प्रयोग हुने अत्याधुनिक सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरणको सहायताले खोजी अभियान सुरु गरेको छ। गत असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ६ देखि ७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस तथा नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो। दुर्घटना भएकै दिन घटनास्थलबाट करिब ४ सय मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारिएको थियो। तर, दुर्घटनाग्रस्त गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य निरन्तर जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार बिहानदेखि खुकुलो ब ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!