काठमाडौं। अध्यागमन विभागले पर्यटक भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
विभागका अनुसार नियन्त्रणमा लिइएका दुवै पुरुषले सामाजिक सञ्जाल टिकटकमार्फत् प्रचारप्रसार गर्दै विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भन्दै प्रचार गरे पनि बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ।
अनुसन्धानका क्रममा उनीहरूले दुई वर्षअघि विदेशी लगानी भित्र्याई “LIU JUN Hotel with Restaurant” स्थापना गर्ने उद्देश्यले व्यवसायिक (बिजनेस) भिसा प्राप्त गरे पनि प्रतिबद्धताअनुसार लगानी भित्र्याएको नदेखिएको र हाल पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको खुलेको छ।
त्यस्तै, सन् २०२४ मा चीनस्थित दुई कम्पनीका बजार विश्लेषकका रूपमा नेपाल प्रवेश गरेका उनीहरूले नेपाली नागरिकको नाममा “Nepal Zangni Trading and Investment” कम्पनी दर्ता गरी चिनियाँ कृषि फारामको नाममा व्यवसाय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उक्त कम्पनीको प्रचारप्रसार समेत टिकटकमार्फत् गर्दै आएको पाइएको विभागले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्यभन्दा फरक गतिविधि गर्न नपाउने कानुनी व्यवस्था छ। भिसाको शर्त उल्लङ्घन गरेको प्रमाणित भएमा जरिवाना, निष्कासन तथा निश्चित वा अनिश्चित अवधिसम्म नेपाल प्रवेशमा रोक लगाउन सकिने व्यवस्था रहेकोछ।
मुस्ताङ ।हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । ल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!