‘जुनकीरी’ गित लिएर फेरि दर्शकमाझ चम्किइन् राधिका हमाल

‘जुनकीरी’ गित लिएर फेरि दर्शकमाझ चम्किइन् राधिका हमाल

काठमाडौ ।नेपाली लोकसङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी चर्चित गायिका राधिका हमाल नयाँ लोकगीत ‘जुनकीरी’ लिएर पुनः दर्शक तथा श्रोतामाझ प्रस्तुत भएकी छन्। हालै आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ भने सामाजिक सञ्जालमा समेत चर्चा कमाइरहेको छ।

लोकप्रिय गायक पशुपति शर्मासँगको स्वरमा सजिएको गीतमा प्रेम, भावना र नेपाली लोकसंस्कृतिको मिठासलाई समेटिएको छ। कर्णप्रिय संगीत, सरल शब्द र आकर्षक प्रस्तुतीकरणका कारण गीतले दर्शकको ध्यान तान्न सफल भएको देखिन्छ।

गीतको भिडियोमा राधिका हमाल र पशुपति शर्मा स्वयं अभिनयमा देखिएका छन्। विशेषगरी भिडियोमा राधिका हमालकी आफ्नै छोरीलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसले भिडियोमा थप भावनात्मक गहिराइ र जीवन्तता थपेको छ।

वर्षौंदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा सक्रिय राधिका हमालले हजारौं गीतमार्फत नेपाली समाज र संस्कृतिलाई योगदान पुर्‍याएकी छन्। लोकगीत, तीजगीत, भजन तथा आधुनिक स्वाद मिसिएका उनका धेरै सिर्जनाले नेपाली श्रोताको मन जित्दै आएका छन्।

निर्माण पक्षले ‘जुनकीरी’लाई माया गर्दै गीत हेर्न, सुन्न र साझा गर्न सम्पूर्ण दर्शक तथा श्रोतामा आग्रह गरेको छ। नेपाली लोकसङ्गीतप्रेमीका लागि यो गीत अर्को सम्झनलायक सिर्जना बन्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP