काठमाडौं। जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीको १० दिने नेपाल धार्मिक विजय यात्रा सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।
आयोजक समितिका संयोजक वरिष्ठ अधिवक्ता गणेश केसीले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जगतगुरुको नेपाल भ्रमण धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले ऐतिहासिक रूपमा सफल भएको बताए। उनले जेठ ८ गतेदेखि १७ गतेसम्म सम्पन्न भ्रमणका क्रममा महास्वामीजीले देशका विभिन्न धार्मिक तीर्थस्थल, मठ–मन्दिर तथा आश्रमहरूको दर्शन, पूजा–अर्चना र धार्मिक प्रवचनमार्फत हजारौं श्रद्धालुभक्तलाई आशीर्वाद प्रदान गरेको जानकारी दिए।
केसीका अनुसार भ्रमणका क्रममा काठमाडौं, ललितपुर, पोखरा, मुस्ताङ, म्याग्दी, बागलुङ र तनहुँका प्रमुख धार्मिक स्थलहरूको अवलोकन तथा पूजा सम्पन्न भएको थियो। पशुपतिनाथ, बुढानीलकण्ठ, मुक्तिनाथ, देवघाटधाम, गलेश्वरधाम, विन्ध्यवासिनी मन्दिरलगायत स्थलमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको थियो।
पत्रकार सम्मेलनमा केसीले नेपाल भ्रमणले नेपाल र भारतबीचको सनातन धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताए। उनले भ्रमण अवधिभर सरकारी निकाय, धार्मिक संघसंस्था, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा भक्तजनबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे।
उनले जगद्गुरु शंकराचार्यको पहिलो नेपाल भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्नसमेत सकारात्मक सन्देश दिएको उल्लेख गरे।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि ल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!