सपना बाँड्ने नेताहरू र सपना हेर्ने जनता: परिवर्तन कहाँ छ?

सपना बाँड्ने नेताहरू र सपना हेर्ने जनता: परिवर्तन कहाँ छ?

काठमाडौ ।नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको यात्रा लामो समयदेखि चल्दै आएको छ। अनेकौं क्रान्ति, आन्दोलन र बलिदानले देशलाई राजनीतिक रूपले अघि बढाउने प्रयास गरेका छन्। हजारौंको जीवन बलिदान भयो, लाखौं घाइते भए। तर यी संघर्षले जनताको जीवनमा ठोस सुधार ल्याएको देखिएको छैन। वास्तविक परिवर्तन अझै टाढै छ।

नेताहरू निरन्तर सपना देखाइरहेका छन्। ‘सुसासन, समृद्धि, रोजगारी, शिक्षा र स्वास्थ्य’ जस्ता नारा लगातार सुनाइरहेका छन्। हामी जनता ती सपना हेर्ने बानीमा सीमित छौं। भदौ २३–२४ को जेनजि आन्दोलनमा तत्कालीन प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेताहरू भाग्न बाध्य भए। यसले देशमा ठूलो राजनीतिक, सामाजिक र आर्थिक क्षति पुर्यायो।

हाल नयाँ सरकार बनेको छ। आगामी फागुन २१ मा प्रतिनिधि सभा चुनावको तयारी भइरहेको छ। निर्वाचन आयोगमा नयाँ र पुराना दलहरूले दर्ता गरिसकेका छन्। दलहरूले आफ्नो चुनाव चिन्ह पाइसकेका छन् र आफ्नो पक्षमा अभियान पनि सुरु गरिसकेका छन्। उनीहरू टुटफुट र गठबन्धनमा व्यस्त छन् र बहुमत ल्याउने आशा व्यक्त गर्दै आएका छन्।

तर दशकौंदेखि अवस्था त्यहीँ छ। सपना बाँड्ने उहीँ दल र उहीँ नेता छन्। जनता पनि उहीँ सपना हेर्ने अवस्थामा छन्। हामी नेताहरूको शब्दमा प्रतिक्रिया जनाउँदै आइरहेका छौं। यही पुरानो चक्र फेरि दोहोरिँदैछ।

सोध्नै पर्ने प्रश्नहरू छन्: सुसासन कहिले स्थापित हुनेछ? स्वास्थ्य, शिक्षा र रोजगारीको अवस्था कहिले सुधार हुनेछ? देशले कहिले स्थायी परिवर्तन देख्नेछ? नेपाली जनताको बलिदान कहिले सार्थक हुनेछ?

जनताको चेतना र सक्रियता नै परिवर्तनको आधार हुन सक्छ। केवल सपना हेर्नु पर्याप्त छैन। जनता आफैं विवेकी, जागरूक र जवाफदेही बन्नुपर्छ। नेताहरूको वचनमा प्रतिक्रिया जनाउनुभन्दा, उनीहरूलाई वास्तविक रूपमा नियन्त्रण गर्न आवश्यक छ। पारदर्शी प्रणाली, कडा जवाफदेहिता र सक्रिय नागरिक सहभागिताले मात्र देशलाई स्थायी सुधारतर्फ लैजान सक्छ।

नेपाली समाजलाई सुसासन, समृद्धि र सभ्य समाजको बाटोमा लैजान अब हाम्रो जिम्मेवारी बढेको छ। सपना बाँड्ने र सपना हेर्ने दुवै पक्षले आफ्नो भूमिका बुझ्नुपर्ने समय आएको छ। यदि हामी फेरि पुरानो चक्रमा फस्न दिन्छौं भने दशकौंको बलिदान र संघर्षको सार्थकता हराउने खतरा छ।

यो समय आत्म–विश्लेषण, सक्रिय सहभागिता र विवेकपूर्ण निर्णयको हो। केवल नेतृत्वमा भरोसा गर्नु पर्याप्त छैन। परिवर्तन ल्याउने शक्ति जनता आफैंमा निहित छ। हामीले आफ्नो जागरूकता, आवाज र मतदानको शक्तिलाई सही दिशा दिनुपर्छ। नेपाली जनताको सपना वास्तविकता बन्न तब मात्र सक्छ जब हामी जिम्मेवार, सचेत र सक्रिय नागरिक बन्नेछौं।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

"हस्तमैथुन को मायाजाल"
2 महिना अगाडि

लेख्दै छु, हस्तमैथुन को कथा ! अप्राकृतिक संसर्गको ब्यथा, त्यसले जन्माएको कु-ब्यवस्थाको कथा, कुपोष ...

छुटाउनुभयो कि ?

TOP