काठमाडौं, पुस १७ — भिसा वर्ष २०२५ मा नेपाली नागरिकको विदेश आवागमनले नयाँ कीर्तिमानतर्फ उन्मुख देखिएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १५ लाख २३ हजार नेपाली नागरिक विभिन्न प्रयोजनका लागि विदेश प्रस्थान गरेका छन्। सोही अवधिमा १३ लाख १३ हजार १ सय ९१ नेपाली नागरिक विभिन्न मुलुकबाट स्वदेश फर्किएका छन्।
वैदेशिक रोजगारी, अध्ययन, उपचार तथा भ्रमण नेपालीहरूको विदेश यात्राका प्रमुख कारण बनेका छन्। पछिल्ला वर्षहरूमा श्रम, शिक्षा र अवसरको खोजीमा विदेश जाने क्रम तीव्र बन्दै गए पनि ठूलो संख्यामा नेपाली पुनः स्वदेश फर्किनुले अस्थायी बसाइ र आवतजावतको प्रवृत्ति कायमै रहेको संकेत गर्दछ।
अध्यागमन विभागका अनुसार विदेशिने नेपालीमध्ये अधिकांश श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीमा जाने गरेका छन् भने पछिल्ला वर्षहरूमा अध्ययन र भ्रमण प्रयोजनका यात्रु पनि उल्लेख्य रूपमा बढेका छन्। यसले नेपाली समाजमा वैदेशिक सम्पर्क र अन्तर्राष्ट्रिय आवागमनको दायरा फराकिलो बन्दै गएको देखाएको छ।
उता, नेपालप्रति विदेशी नागरिकको आकर्षण पनि उल्लेख्य रहेको छ। भिसा वर्ष २०२५ मा १० लाख १५ हजार ३ सय ७८ विदेशी नागरिक नेपाल भित्रिएका छन्। तीमध्ये ९ लाख ८२ हजार ५ सय ६१ विदेशी नागरिक भ्रमण तथा अन्य प्रयोजन पूरा गरी आ–आफ्नो देश फर्किएका छन्।
हिमाल, प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदाले विदेशी पर्यटकलाई निरन्तर आकर्षित गरिरहेको अध्यागमन विभागको विश्लेषण छ। पर्यटनका अतिरिक्त अध्ययन, श्रम, व्यवसाय, कूटनीतिक तथा अन्य विविध उद्देश्यका लागि पनि विदेशी नागरिक नेपाल आउने गरेका छन्।
अध्यागमन विभागले हाल पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसा, व्यवसाय भिसा, कूटनीतिक भिसा लगायत करिब १० प्रकारका भिसा प्रदान गर्दै आएको छ। यसले नेपाललाई पर्यटन मात्र होइन, अध्ययन, श्रम र व्यवसायका लागि पनि बहुउद्देश्यीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार कति नेपाली कुन–कुन देश प्रस्थान गरे र कुन–कुन देशका कति विदेशी नागरिक नेपाल भित्रिए भन्ने विस्तृत विवरण चाँडै सार्वजनिक गरिनेछ। “विस्तृत तथ्यांक सार्वजनिक भएपछि वैदेशिक रोजगारी, पर्यटन र शिक्षा क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णय लिन थप सहज हुनेछ,” उनले बताए।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया