"हस्तमैथुन को मायाजाल"

"हस्तमैथुन को मायाजाल"

लेख्दै छु, हस्तमैथुन को कथा !
अप्राकृतिक संसर्गको ब्यथा,
त्यसले जन्माएको कु-ब्यवस्थाको कथा,
कुपोषित तन्त्र र विध्वंस को ब्यथा ।।

लोकतन्त्र र अग्रगमनको नाममा गराइएका विध्वंसको बृतांत,
नवोदित पुस्ताको लास माथिको फोहरी खेलको ब्यथा,
पशुपति आर्यघाटको चित्त्कार भित्रको संदेश,
अस्पतालको शैयाबाट प्राप्त संदेशका आवाज ।।

जलेका सिंहदरबार न्यायलय र इतिहासका पीडा,
मारिएका ती अवोध नवोदित पुस्ताका सपना,
घाइते कलिला नानी बाबु र रक्ताम्य सडकको कथा,
रित्तिएका कोंख आँसु र सपना सहितका बैशाखिका पीडा ।।

लेख्दै छु, हस्तमैथुन को कथा !
अप्राकृतिक संसर्गको ब्यथा,
त्यसले जन्माएको कु-ब्यवस्थाको कथा,
कुपोषित तन्त्र र विध्वंस को ब्यथा ।।

देखावटी - नाटकीय रुपमा अलग भएर रणनीतिक योजनाबद्ध रुपमा एउटै मिसनमा लागेका विभिन्न रुप, स्वरुप, भुमिका, पहिरनमा सजिएर थरीथरीका मञ्च र रंगमञ्चमा नाच्दै गाउँदै घण्टा बजाउँदै देश र जनता लठ पार्दै ठग्दै हिंडेका घण्टेहरु एक अर्कालाई "ए कता" "ए कता" भन्दै "एकताको नाटकमञ्चन" गर्दैमा बिकास, समृद्धि, सामाजिक न्याय, कानुनी राज्य, भ्रष्टाचार निर्मूलीकरण, सुशासन, जवाफदेहीता र जनताको अनुहार उज्यालो हुने दिवास्वप्न बाँडदै "कुर्सीको नयाँ खेल" प्रारम्भ भएको भान नभएका बौद्धिक दरिद्रहरुको जमात देख्दा मलाई ब्यक्तिगत रुपमा अचम्म लागेको छैन ।

कस्ताकस्ता दिवास्वप्न देख्दै रमाएका छन् त, मनुवाहरु !
लौरोमा घण्टा झुन्ड्याएर बत्ति बाल्दा देशले कोल्टो फेर्छ रे नि त ?
समृद्धि, सुशासन, बिकास को ज्वारभाटा फुट्छ रे नि त ?
अछामको बौद्धिकता, यता तिर त ध्यान नै नगएको देख्दै छु, सरणार्थी भएर पलायन हुने दिन पो नजिकिदै हो कि ? कि तैयार भएर नै बसेका हौं हामी ?, चेतना भया ।

विदेशी शक्तिकेन्द्रहरु को "हस्तमैथुन" र "अप्राकृतिक संसर्ग" को लपेट र चपेटमा नेपाल र नेपाली नराम्रो सँग फसेको अलिकति पनि भान नभएकै हो कि ?

कोहि नझुक्किनु होला,
देखिएका र देखाइएका दृश्यहरु,
"एकता" होइन है, "ए कता" नै हो !

घन्टा बज्यो,
बत्ति बल्यो,
लौरो टेकि कुद !

शरणार्थी भै देश छोड्न,
अन्तै पलायन हुन्,
तैयार भै बस् ।।

भन्न त खोज्या होइन ? त्यता तिर पनि सोच्ने कि ?

वैदेशिक शक्तिकेन्द्रहरुको "हस्तमैथुन" को माध्यमले अवैध एवं अप्राकृतिक संसर्गबाट जन्माएको - जन्मिएको "कुपोषित संविधान र त्यसका देश विसर्जनमुखी ब्यवस्था" ले देश र जनताको भलो हुन्छ भनेर चिताउनु वा कल्पना गर्नु भनेकै "मनको लड्डु घ्यू सँग खानु" हो, हेक्का रहोस् ।

"हस्तमैथुन" बाटै संविधान रुपि कागजको खोस्टा जन्माउन सफल वैदेशिक शक्ति केन्द्रहरुले, तिनका "हस्तमैथुन" लाई क्रान्ति र जनविद्रोह को संज्ञा दिंदै दिलाउंदै हामिलाई मान्न बाध्य पार्दै, मान्नु नै पर्ने दिन पनि आएकै है त ?
हुँदाहुँदै अब त विदेशीले "हस्तमैथुन" बाटै खुल्लमखुल्ला राजनीतिक शक्ति पनि जन्माउन थाले ! अप्रत्यक्ष रुपमा सत्ता कब्जा गरि बसेका, देश, समाज, परिवार, भाषा, संस्कृति, सोच समेतलाई अदृश्य एवं अप्राकृतिक तवरले प्रभावित गरेका ले अब निर्वाचन परिणाम समेतलाई आफ्नो नियन्त्रणमा लिई सदाको लागि नेपाल र नेपाली लाई दास बनाउने निश्चित देखिन्छ ।

"हस्तमैथुन" को प्रभाव, दबाव र प्रवाह काठमाडौं खाल्टो मै सिमित रहेन, हुन पनि कसरी सक्थ्यो र ? बिगत देखि नै देखिदै आएको हो र ०४६-०४७ पछि त झनै उग्र देखियो । हालको सन्दर्भमा यसको प्रभाव नयाँ भनाउँदा देखि तथाकथित वैकल्पिक शक्ति भनाउँदा सम्म र लौरो, चिम-बत्ति देखि घन्टा सम्म मात्र सिमित रहेन, "जय मधेश देखि लाल सलाम सम्म, हसिया हथौडा देखि सुर्य र रुख सम्म" प्रत्यक्ष अनुभुति हुने गरि नै देखियो ।

त्यसैले, हेक्का रहोस् र समय मै सबैको चेत खुलोस ।
तथाकथित लोकतन्त्र र मृत अवस्थामा रहेको संविधान रूपी कागजको खोस्टा कै नाममा मत / भोट माग्ने र दिने खासाल्ने सबै देशद्रोही हुन । नेपाल आमाका चिरहरणकर्ता हुन् । आआफ्ना भावी सन्ततिका हत्यारा हुन् । "करदाता र मतदाता" मा सिमित गरिएको गराइएको नेपाली समाजको अब पनि चेत खुलेन र नेपाल, नेपाली, नेपालीपना, नेपालीत्व भन्दा माथी अरु केही होइन भन्ने यथार्थलाई हृदयंगम गर्दै निर्णायक हस्तक्षेपकारी भुमिका खेल्दैनौं भने अहिले श्रमको नाममा राहदानी / पासपोर्ट भिडाएर बेचेका हामी अबको केही महिना पछि पुरपुरोमा हात राखेर पछुतो मान्दै शरणार्थी भएर पलाएन हुनु बाहेक अरु विकल्प शेष नै रहदैन । त्यसैले, सबै नेपालीका लागि स्व-आत्मसमिक्षा सहितको भुलसुधार नै एकमात्र विकल्प हो, देशभक्ति प्रदर्शन गर्ने अन्तिम मौका हो ।

समय मै सबैले होश पुर्याउँदा बेस हुन्छ, गोजीको सुरक्षित राख्न छोडेर आकाश तिर को टिप्न खोज्दा गोजीको पनि गुमाउने निश्चित देखिन्छ ।

नवोदित पुस्ता (GenZ पुस्ता) को नाममा हुड्दंग मचाएर, विध्वंस, अराजकता, आतंक फैलाएर आफ्नो मौलिकता, इतिहास लाई खरानी बनाएर वैदेशिक शक्तिकेन्द्रको पूर्ण स्वामित्वको स्थापित गर्दै सत्ता कब्जा गर्ने नितान्त नियोजित प्रायोजित दुरगामी शासकीय षड्यन्त्र सहितको कु-मन्सायले अग्रसर केही मनुवा गिरोहलाई समय रहदै चिन्दै र त्यसता देशद्रोही राष्ट्रघाती तत्वलाई निस्तेज पार्नु नै आज सम्पूर्ण नेपालीको काम कर्तव्य दायित्व जिम्मेवारी हो । नभए जसरी अप्राकृतिक संसर्ग र हस्तमैथुन कै माध्यमले जन्माइएको शासकीय स्वरुप, तन्त्र, ब्यवस्था ले यो देश, समाज, परिवार, संस्कृत लाई विसर्जनको ढोकामा पुर्याएको छ त्यसकै अन्तिम पडावको रुपमा प्रयोग गरिएको आजको वर्तमान दृश्य परिदृश्यले के देखाउँदै छ भने "हस्तमैथुन" कै माध्यमले जन्माइएका "पपेट पोलिटिक्स" (Puppet Politics) को सिकार हुनबाट नेपाल र नेपालीलाई स्वयें श्री पशुपतिनाथले पनि बचाउन सक्दैनन् ।
श्री पशुपतिनाथले समय मै सबैको चेत खोलुन ।।

डा. मनोज कुमार झा
(राष्ट्रिय संयोजक)
राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान
तथा,
एक देशभक्त जनतन्त्र प्रेमी मुक्ति कामी सचेत नेपाली नागरिक !
मिति :- २०८२/०९/१५ गते मंगलबार, एकादशी तिथि शुभम ।।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बैदेशिक रोजगारीका संबेदनशिल पक्षहरु : सचेतनाको कमिले उत्पन्न स्वास्थ्य सम्बन्धि समस्याहरु
2 महिना अगाडि

बैदेशिक रोजगारीमा कमै चर्चा हुने बिषय मध्येको एउटा हो बैदेशिक रोजगारीमा रहेकाहरुको स्वास्थ्य अवस्था ...

छुटाउनुभयो कि ?

TOP