विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि लागू

काठमाडौं, पुस १७ — विदेशी नागरिकको आवागमन, बसोबास र गतिविधि व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि लागू गरेको छ। १ जनवरी २०२६ को अवसर पारेर अध्यागमन विभागले उक्त प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो।

गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लगायतको उपस्थितिमा अध्यागमन विभागद्वारा प्रणालीको शुभारम्भ गरिएको हो। नयाँ प्रणालीमार्फत नेपालमा रहेका विदेशी नागरिकको विवरण डिजिटल माध्यमबाट एकीकृत रूपमा संकलन, अभिलेखीकरण र अनुगमन गरिनेछ।

यसअघि अध्यागमन विभागले १ असोजदेखि प्रणाली लागू गर्ने घोषणा गरेको थियो। तर देशभित्र विकसित परिवर्तित घटनाक्रमका कारण कार्यान्वयन मिति सारिँदै १ जनवरीदेखि अनिवार्य गरिएको विभागले जनाएको छ।

विभागका अनुसार यो प्रणाली दुई चरणमा अनिवार्य रूपमा लागू गरिनेछ। पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा प्रणाली लागू गरिएको छ। अब ती होटलहरूले विदेशी पाहुनाको व्यक्तिगत विवरण, बसोबास अवधि लगायतका जानकारी अनलाइन प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ।

दोस्रो चरणमा देशभरका अन्य होटल, रिसोर्ट तथा पर्यटक बसोबास गर्ने स्थानहरूमा समेत प्रणाली विस्तार गरिने तयारी गरिएको छ। यस प्रणालीबाट विदेशी नागरिकको बसोबास व्यवस्थापन प्रभावकारी हुने, सुरक्षा निकायलाई सूचना आदान–प्रदानमा सहजता हुने तथा पर्यटन क्षेत्रको व्यवस्थापन थप व्यवस्थित हुने सरकारको अपेक्षा छ।

अध्यागमन विभागले सम्बन्धित सबै सरोकारवाला निकायलाई समयमै प्रणालीमा आबद्ध भई कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
3 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP