काठमाडौं पुस १७- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलहरूसँग पालैपालो छलफल गर्दै सूचीमा देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ।
आयोगले पेस भएका बन्दसूचीको जाँचबुझ तथा दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पुनः पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूची पेस गर्ने दलले समावेशी समूह (क्लष्टर) मिलाए–नमिलाएको, कानुनी मापदण्ड पूरा भए–नभएको लगायतका विषयमा विस्तृत जाँच भइरहेको छ।
उनले बुधबार १२ वटा राजनीतिक दलका प्रतिनिधिसँग छलफल भइसकेको जानकारी दिँदै आज पनि थप १२ दलसँग छलफल गर्ने तालिका रहेको बताए। आयोगमा यही पुस १३ र १४ गते गरी ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फ बन्दसूची पेस गरेका थिए।
आयोगका अनुसार तीमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन्। सूचीअनुसार औसतमा प्रतिनिर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० रहेको छ भने न्यूनतम ११ स्थानमा मात्रै बन्दसूची पेस गर्ने दल १० वटा छन्। यस्तै, एकल चिह्न लिएका दलको सङ्ख्या १० रहेको आयोगले जनाएको छ।
यस प्रणालीअन्तर्गत उम्मेदवारी दिन आयोगमा ९३ राजनीतिक दलले आवेदन दिएका भए पनि अन्ततः ६४ दलले मात्रै बन्दसूची पेस गरेका हुन्। आयोगले पुस २१ गतेदेखि २७ गतेसम्म पेस भएको विवरण सच्याउन र मिलाउन दलहरूलाई समय दिनेछ। त्यसपछि पुस २८ गतेदेखि आगामी माघ ३ गतेसम्म मिलाइएको बन्दसूचीको पुनः जाँच गरिनेछ।
सबै प्रक्रिया पूरा भएपछि आगामी माघ २० गते समानुपातिक प्रणालीतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरिने सहायक प्रवक्ता जिसीले जानकारी दिए। आयोगका अनुसार यस प्रणालीको निर्वाचन व्यवस्थापनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयमा तथ्यांक, प्रविधि तथा कानुनी क्षेत्रका विज्ञहरू कार्यरत छन्।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया