चर्चामा
टोकियो । शक्तिशाली टाइफुन दुजुआनले जापानको पूर्वी क्षेत्रमा भारी वर्षा, तीव्र हावा र पहिरो निम्त्याएपछि १६ लाख ७४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
इबाराकी, चिबा, टोकियो, कानागावा र शिजुओका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। चिबाको सोदेगाउरा र ओशिमा तथा इजु द्वीप क्षेत्रमा उच्चतम तहको विपद् चेतावनी जारी गरिएको छ।
कानागावा प्रान्तमा पहिरोले घर पुरिँदा करिब ६० वर्षकी एक महिला फसेको आशंका गरिएको छ। उद्धार टोलीले मुसलधारे वर्षाबीच उनको खोजी गरिरहेको छ। अन्य क्षेत्रमा पनि बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार आँधीको केन्द्रमा हावाको गति १३० किलोमिटर प्रतिघण्टा र झोक्का १९४ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ। कान्तो क्षेत्रमा २५० र तोकाई क्षेत्रमा ३५० मिलिमिटरसम्म वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
आँधीका कारण टोकियोका हानेदा र नारिता विमानस्थलबाट करिब ५०० उडान रद्द भएका छन् भने केही बुलेट ट्रेन सेवा पनि स्थगित गरिएको छ। सडक डुबानमा पर्नुका साथै ठाउँ-ठाउँमा रूख ढलेका छन्।टाइफुनका कारण नागोया तथा आइची क्षेत्रमा जारी एसियाली खेलकुदका केही प्रतियोगिता पनि स्थगित गरिएको छ।
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको भाडा महँगिएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!