रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारमाथि सहयोग गर्नेको नाम सिलालेखमा

रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारमाथि सहयोग गर्नेको नाम सिलालेखमा

काठमाडौं । बुढानीलकण्ठ–८ मा रहेको रिमा सेवा समाजले स्थापनाकालदेखि संस्थालाई निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।

शनिबार संस्थाको आफ्नै नयाँ भवनमा आयोजित कार्यक्रममा ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सहयोगदाताको नाम सिलालेखमा राखिएको छ। बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले उक्त सिलालेखको अनावरण गरेका थिए।

कार्यक्रममा संस्थालाई निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो। विदेशमा रहेर संस्थालाई सहयोग गर्दै आएका सहयोगदातालाई समेत कार्यक्रममा सम्झिँदै धन्यवाद व्यक्त गरिएको थियो। उनीहरूका लागि तयार पारिएको सम्मानपत्र सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने प्रतिबद्धता आयोजकले जनाएको छ।

रिमा सेवा समाजले आजका दिनदेखि आगामी दिनहरूमा समेत संस्थालाई ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सहयोगदाताको नाम सिलालेखमा थप गर्दै जाने जनाएको छ। समाजका अनुसार संस्थाको सामाजिक सेवामा योगदान पुर्‍याउने सहयोगदाताको सम्मान र योगदानको अभिलेखीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मेयर मिठाराम अधिकारीले रिमा सेवा समाजले गर्दै आएको सामाजिक सेवाको प्रशंसा गर्दै आफू पदमा रहे पनि नरहे पनि संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

बुढानीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष सुमन लामाले आफ्नो वडाभित्र सञ्चालन भइरहेको संस्थाले गर्दै आएको सामाजिक सेवाको प्रशंसा गर्दै संस्थालाई सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।

संस्थाका सदस्य एवं अधिवक्ता भरत केसीले स्वागत मन्तव्य राख्दै रिमा सापकोटाले संस्थामार्फत गर्दै आएको योगदानको प्रशंसा गरे।

रिमा सेवा समाजकी अध्यक्ष रिमा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरिन्। उनले सहयोगकै कारण सामाजिक सेवाको अभियानलाई निरन्तरता दिन सम्भव भएको बताइन्।

रिमा सेवा समाजको आश्रममा हाल वृद्धवृद्धादेखि बालबालिकासम्म ६८ जना आश्रित रहेका छन्। समाजले विगत सात वर्षदेखि निरन्तर सामाजिक सेवा सञ्चालन गर्दै आएको छ।

संस्थाले यसअघि बुढानीलकण्ठ न.पा वडा न ७ गल्फुटारमा भाडाको घरबाट आफ्नो सेवा सञ्चालन गर्दै आएको थियो। पछिल्लो समय बुढानिलकण्ठ न.पा ८ ,केदारनाथ हाइट मा आफ्नै भवन निर्माण गरि  त्यहीँबाट आश्रम तथा सामाजिक सेवा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
7 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP