मलेसिया रोजगारमा 'सिन्डीकेट'विरुद्ध व्यवसायी आक्रामक: "नेपालको वैदेशिक रोजगार बचाउने कि सिन्डीकेट?"

मलेसिया रोजगारमा 'सिन्डीकेट'विरुद्ध व्यवसायी आक्रामक: "नेपालको वैदेशिक रोजगार बचाउने कि सिन्डीकेट?"

​काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) ले मलेसिया जाने नेपाली श्रमिक र वैदेशिक रोजगार क्षेत्रमा विदेशी निजी प्रणाली (FWCMS) मार्फत सिन्डीकेट लाद्ने प्रयास भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। नेपालका करिब १,२०० वैधानिक व्यवसायीमध्ये सीमित २५ वटा मुख्य र २५० वटा सहायक संस्थालाई मात्र सूचीकृत गरी बाँकीलाई बाहिर राख्ने खेल सुरु भएको भन्दै संघले मलेसिया खुलाउने नाममा कुनै पनि एकाधिकार स्वीकार गर्न नसकिने चेतावनी दिएको छ।  
​संघका अध्यक्ष डिक बहादुर (कुमार) द्वारा जारी प्रेस नोटमा सीमित संस्थाको नियन्त्रण कायम भएमा बजारमा प्रतिस्पर्धा घट्ने, वैदेशिक रोजगारको लागत बढ्ने, अपारदर्शी रकम असुली तीव्र हुने र श्रमिकका लागि रोजगारीका अवसर खुम्चिने उल्लेख छ। साथै, यस्तो अपारदर्शी प्रणालीले नेपालको बैंकिङ व्यवस्था र अन्तर्राष्ट्रिय वित्तीय प्रतिष्ठामाथि नै गम्भीर जोखिम पैदा गर्ने संघको ठहर छ।  
​यसैबीच संघले मलेसिया रोजगारलाई तत्काल कुशल कूटनीतिक संवादमार्फत कानुनसम्मत र खुला रूपमा सुचारु गर्न सरकारसँग माग गरेको छ। FWCMS प्रणालीको आर्थिक कारोबार र शुल्क संरचनाबारे पारदर्शी छानबिन हुनुपर्ने र इजाजतप्राप्त सबै व्यवसायीले समान अवसर पाउनुपर्ने संघको अडान छ। "हामीलाई मलेसिया चाहिन्छ, तर सिन्डीकेट चाहिँदैन" भन्दै सम्पूर्ण सरोकारवालाहरूलाई सिन्डीकेटविरुद्ध एकताबद्ध हुन अपिल गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
4 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP