चर्चामा
काठमाडौ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ।
निर्धारित समयभित्र मतदान सम्पन्न हुन नसकेपछि निर्वाचन समितिले दुई पटक समय थप गरेको थियो। दोस्रो पटक थप गरिएको समयभन्दा तीन घण्टा ढिलो गरी मतदान सकिएको हो।
शुक्रबार बिहानदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। उक्त समयमा मतदान नसकिने देखिएपछि निर्वाचन समितिले पहिलो पटक समय थप गर्दै साँझ ५ बजेसम्म पुर्याएको थियो।
त्यसपछि पनि मतदान जारी रहेपछि दोस्रो पटक समय थप गरी साँझ ७ बजेसम्म कायम गरिएको थियो।
साँझ ७ बजेपछि भने लाइनमा लागेका महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न दिने व्यवस्था गरिएको थियो। सोही व्यवस्थाअनुसार राति १० बजेसम्म मतदान प्रक्रिया चलेको निर्वाचन समितिले जनाएको छ।
मतदान सकिएसँगै अहिले मतपेटिका सिलबन्दी गर्ने काम भइरहेको छ।
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको भाडा महँगिएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!