धान उत्पादन घट्दै, उन्नत जात किसानसम्म पुर्‍याउन चुनौती

धान उत्पादन घट्दै, उन्नत जात किसानसम्म पुर्‍याउन चुनौती

जनकपुरधाम । नेपालमा धान खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएपछि धानमा आत्मनिर्भर बन्न चुनौती थपिएको छ । उत्पादन बढाउने उद्देश्यले अनुसन्धानबाट विभिन्न उन्नत जात विकास गरिए पनि किसानसम्म गुणस्तरीय बिउ र प्रविधि पुर्‍याउन समस्या भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ५७ लाख ५ हजार १२६ मेट्रिक टन उत्पादन भएको थियो । अघिल्लो वर्ष १४ लाख २० हजार ६३६ हेक्टरमा खेती हुँदा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । एक वर्षमा उत्पादन ४.२० प्रतिशतले घटेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथले किसानको आवश्यकता र हावापानीअनुसार विभिन्न जात विकास, परीक्षण र सिफारिस गर्दै आएको छ । रामधान, हर्दिनाथ-१, हर्दिनाथ-६, बहुगुणी-२, चैते-५ र हर्दिनाथ हाइब्रिड-१ लगायतका जात सिफारिस गरिएका छन् ।

अनुसन्धान कार्यक्रमका प्रवक्ता तथा वरिष्ठ प्राविधिक रवीन्द्रप्रसाद साहका अनुसार हर्दिनाथ-१ करिब ११० देखि ११५ दिनमा पाक्छ भने हर्दिनाथ-६ ले प्रतिहेक्टर करिब ५.२१ मेट्रिक टन उत्पादन दिन सक्छ । त्यस्तै, बहुगुणी-२ बाढी र सुक्खा सहन सक्ने जात हो भने हर्दिनाथ हाइब्रिड–१ को उत्पादन क्षमता प्रतिहेक्टर ६.४७ मेट्रिक टनसम्म रहेको छ ।

तर सिफारिस गरिएका जातको पर्याप्त प्रचारप्रसार नहुनु र उन्नत बिउ सहज रूपमा उपलब्ध नहुनुले किसानले अपेक्षित लाभ लिन नसकेको अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा यादवले बताए ।

अनुसन्धानकर्ताहरूका अनुसार अनियमित वर्षा, सुक्खा, बाढी, सिँचाइको

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP