नेपाल–रुस द्विपक्षीय परामर्श बैठक काठमाडौंमा

नेपाल–रुस द्विपक्षीय परामर्श बैठक काठमाडौंमा

काठमाडौँ । नेपाल र रुसबीचको तेस्रो द्विपक्षीय परामर्श बैठक काठमाडौंमा सुरु भएको छ।दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा बैठक आयोजना गरिएको हो। बैठकमा नेपाल र रुसबीचको पछिल्लो सम्बन्ध तथा आपसी सहकार्यका क्षेत्रबारे छलफल भइरहेको छ।

व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति र प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय बैठकका मुख्य एजेन्डामा छन्। त्यस्तै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि दुवै पक्षले विचार आदानप्रदान गर्ने बताइएको छ।

नेपाल र रुसबीच लामो समयदेखि कायम कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने र आगामी दिनमा सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने उद्देश्यले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP