चर्चामा
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको भाडा महँगिएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।
प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र त्यसबारे आफ्ना बिक्री प्लेटफर्ममा स्पष्ट सूचना राख्ने सहमति भएको हो ।
चाडपर्वको समयमा यात्रुको चाप बढेसँगै हवाई भाडा महँगिएको गुनासो आउने गरेको छ । यही समस्या सम्बोधन गर्न सरकारले वायुसेवा कम्पनीहरूसँग छलफल गरेको हो ।
२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको थियो । सोही व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!