चर्चामा
काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार दाहाललाई आजैदेखि लागू हुने गरी सेवाबाट हटाउने निर्णय गरिएको हो।
सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले उनलाई गत असोज १९ गते निलम्बन गरेको थियो। पदीय आचरणविपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले उनीमाथि विभागीय कारबाही गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।
मन्त्रालयले जाँचबुझका लागि अधिकृतसमेत तोकेको थियो। जाँचबुझ प्रक्रिया अघि बढिरहेका बेला गृह मन्त्रालयले दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरेको जनाएको छ।
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको भाडा महँगिएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!