रत्नपार्क-भक्तपुर मेट्रो रेल : सन् २०४० सम्म सञ्चालन गर्ने सरकारको योजना

रत्नपार्क-भक्तपुर मेट्रो रेल : सन् २०४० सम्म सञ्चालन गर्ने सरकारको योजना

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाको बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र अव्यवस्थित सार्वजनिक यातायातको दीर्घकालीन समाधानका लागि रत्नपार्क-भक्तपुर मेट्रो रेल परियोजना अघि सारेको छ। जाइकाको प्राविधिक तथा आर्थिक सहयोगमा तयार गरिएको 'काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना-२०५० 'मा करिब १६.५ किलोमिटर लामो मेट्रो निर्माण गर्ने प्रस्ताव गरिएको हो।

गुरुयोजनाअनुसार रत्नपार्क र कोटेश्वर क्षेत्रमा मेट्रो भूमिगत तथा थापाथली\माइतीघरदेखि अरनिको राजमार्ग हुँदै भक्तपुरसम्मको अधिकांश भागमा एलिभेटेड संरचना निर्माण गर्ने योजना छ। सडकको विद्यमान राइट अफ वे प्रयोग गरेर पिलर निर्माण गर्ने भएकाले थप जग्गा अधिग्रहण घटाउने लक्ष्य राखिएको छ।

परियोजनाअन्तर्गत सन् २०३२ सम्म विस्तृत सम्भाव्यता अध्ययन, डीपीआर, वातावरणीय तथा सम्पदा प्रभाव मूल्याङ्कन, लगानी सुनिश्चितता र ठेक्का प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको छ। त्यसपछि निर्माण अघि बढाएर सन् २०४० सम्म मेट्रो सञ्चालनमा ल्याउने योजना छ। रत्नपार्क क्षेत्रमा सम्पदा संरक्षण तथा भूमिगत पानीका स्रोतमा असर नपरोस् भनेर विशेष अध्ययन र सावधानी अपनाइनेछ।

मेट्रोसँगै ठिमी, सल्लाघारी र जडीबुटीलगायतका क्षेत्रमा ट्रान्जिट हब, पार्क एन्ड राइड सुविधा तथा फिडर विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव छ। रेल र बसको भाडा एउटै स्मार्ट कार्ड वा मोबाइल एपबाट तिर्न सकिने एकीकृत प्रणाली विकास गर्ने योजना पनि छ। गुरुयोजनाले मेट्रो सञ्चालनपछि निजी सवारीको चाप, प्रदूषण र उपत्यकाको ट्राफिक समस्या घट्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
4 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP