घुससहित पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुससहित पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उजुरीका आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। 

अनुसन्धानबाट उनले विद्युत् लाइन जडानको काममा अनावश्यक ढिलासुस्ती गरी सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस दिन बाध्य बनाएको पुष्टि भएको आयोगले जनाएको छ। लाइन जडान तथा सहजीकरण गरिदिएबापत ५० हजार रुपैयाँ घुस लिएको ठहरसहित उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको हो। 

आयोगले बिगो ५० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
7 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP