चर्चामा
रुकुम पश्चिम । आठविसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक प्रहरी हिरासतमा घाइते भएको घटना अहिले सामाजिक सञ्जालमा चर्चामा छ। विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ। थप उपचारका लागि उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको जनाइएको छ।
नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले वडाध्यक्ष विकलाई छलफलका लागि भन्दै प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हिरासतमा राखिएको आरोप लगाएको छ। हिरासतमा राखेर विकमाथि कुटपिट गरिएको पार्टीको दाबी छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने मागसमेत पार्टीले गरेको छ।
प्रहरीले भने वडाध्यक्ष विकमाथि कुटपिट गरिएको आरोप अस्वीकार गरेको छ। प्रहरीका अनुसार एक निर्माण व्यवसायीको जाहेरीका आधारमा विकका भाइलाई पक्राउ गर्न प्रहरी टोली पुगेको थियो। सो क्रममा विकले प्रहरीमाथि नै जाइलागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा विक आफैँ ठोक्किएर घाइते भएका हुन्। प्रहरीले हिरासतमा कुटपिट नगरेको दाबी गरेको छ।
घटनालाई लिएर दुवै पक्षबाट फरक–फरक दाबी सार्वजनिक भएका छन्। त्यसैले वडाध्यक्ष विकको चोट कसरी लाग्यो र घटनाको वास्तविक अवस्था के हो भन्ने विषय थप अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!