काङ्ग्रेस सभापतिमा गगन थापा सहित ३ जनाको उम्मेदवारी

काङ्ग्रेस सभापतिमा गगन थापा सहित ३ जनाको उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापति पदमा वर्तमान सभापति गगनकुमार थापासहित तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको हो।
सभापति पदमा सबैभन्दा पहिले युवा नेता श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि साँझ साढे ६ बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर गगन थापाले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका हुन्।
थापा १४औँ महाधिवेशनबाट लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थिए भने गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका थिए। राठौर १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएका थिए।
यसैगरी कांग्रेसको विभिन्न पदमा पनि उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ।
पदाधिकारीमा परेको उम्मेदवारी :
सभापति: गगनकुमार थापा, किशोरसिंह राठौर, श्यामकृष्ण खड्गी
वरिष्ठ उपसभापति: विश्वप्रकाश शर्मा
महिला उपसभापति: पुष्पा भुसाल
खुला उपसभापति: डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव
समावेशी उपसभापति: जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण
खुला महामन्त्री: प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशम्शेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय
महिला महामन्त्री: डा. डिला सङ्ग्रौला, डिना उपाध्याय र रिता खनाल
वरिष्ठ उपसभापति र महिला उपसभापति पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले यी दुवै पदमा निर्विरोध हुने सम्भावना देखिएको छ।
उम्मेदवारी दर्तासँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ। असोज २२ गते हुने निर्वाचनले कांग्रेसको आगामी नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
4 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP