दसैँपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै ७ हजारभन्दा बढी पुगे

दसैँपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै ७ हजारभन्दा बढी पुगे

मुस्ताङ । बाढीपहिरोका कारण सुस्ताएको मुस्ताङको पर्यटन गतिविधि दसैँपछि फेरि बढ्न थालेको छ। सडक अवरुद्ध हुँदा प्रभावित बनेको पर्यटक आगमन पछिल्ला दिनमा बढेपछि पर्यटन व्यवसायी पनि उत्साहित भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दसैँको टीकापछिका दुई दिनमा मात्रै ७ हजार ८४६ पर्यटक मुस्ताङ पुगेका छन्। तीमध्ये बिहीबार ३ हजार ३३ र शुक्रबार ४ हजार ८१३ जना पर्यटक आएका थिए।

यसअघि घटस्थापनादेखि विजयादशमीसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै ५ हजार ६६३ पर्यटक मुस्ताङ पुगेका थिए। तीमध्ये ४ हजार ४०९ जना विदेशी पर्यटक रहेको प्रहरीको तथ्याङ्क छ।

भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढी तथा अक्टोबर ११ को भारी वर्षापछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटन प्रभावित भएको थियो।

मुक्तिनाथ, लोमान्थाङ, कोरला नाका र विभिन्न प्राकृतिक तथा धार्मिक स्थलका कारण चर्चित मुस्ताङमा दसैँ–तिहारको बिदामा आन्तरिक र बाह्य पर्यटक बढ्ने अपेक्षा गरिएको छ। पर्यटक आगमन बढेसँगै होटल, यातायात र अन्य पर्यटन व्यवसायमा पनि चहलपहल फर्किने आशा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कङ्गोमा इबोला नियन्त्रणमा खटिएकामाथि आक्रमण, एक नर्सको मृत्यु
2 घण्टा अगाडि

काठमाडौं । इबोला सङ्क्रमण नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा प्रजातान्त्रिक गणत ...

छुटाउनुभयो कि ?

TOP