इन्जिनियर एलिना अधिकारीमाथि हातपातको आरोपमा अर्का इन्जिनियर पक्राउ !

इन्जिनियर एलिना अधिकारीमाथि हातपातको आरोपमा अर्का इन्जिनियर पक्राउ !

इटहरी उपमहानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि हातपात गरेको आरोपमा अर्का इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार चौधरी उपमहानगरपालिकाको योजना शाखामा कार्यरत छन्। अधिकारीले आफूमाथि हातपात गरेको भन्दै किटानी जाहेरी दिएपछि सुनसरी जिल्ला अदालतले असोज ५ गते पक्राउ पुर्जी जारी गरेको थियो। घटनापछि फरार रहेका चौधरीलाई प्रहरीले इटहरीको पश्चिम लाइन क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११८ जना पक्राउ
एक घण्टा अगाडि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११८ जना पक्राउ परेका छन्। विभिन्न कसुरमा अनुसन्धानक ...

छुटाउनुभयो कि ?

TOP