चर्चामा
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११८ जना पक्राउ परेका छन्। विभिन्न कसुरमा अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ९९ जना, भक्तपुरमा १७ जना र ललितपुरमा दुई जना पक्राउ परेका छन्।
यसै अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५१४ जना चालकलाई पनि कारबाही गरिएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६४ जना, लागूऔषध सेवन गरेका दुई जना, तीव्र गतिमा सवारी चलाउने ४० जना र ट्राफिक बत्ती उल्लङ्घन गर्ने २१ जना छन्।
अन्य चालकलाई पनि विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाही गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं, कात्तिक ९ । नेपाली क्रिकेटको ठूलो उत्सवका रूपमा हेरिएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!