पोखरा एभेन्जर्सका फ्यान पार्क पोखरा र भक्तपुरमा, निःशुल्क प्रवेशको अवसर

पोखरा एभेन्जर्सका फ्यान पार्क पोखरा र भक्तपुरमा, निःशुल्क प्रवेशको अवसर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक मैदानमा मात्रै सीमित नरहने भएको छ। पोखरा एभेन्जर्सले समर्थकलाई सामूहिक रूपमा खेल हेर्ने अवसर दिन पोखरा र भक्तपुरमा आधिकारिक फ्यान पार्क सञ्चालनमा ल्याएको छ।

पोखराको हल्लनचोकस्थित क्याम्पिङ चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा नानीमा रहेका फ्यान पार्कमा एनपीएलका खेल ठूलो एलईडी स्क्रिनमार्फत प्रत्यक्ष हेर्न सकिनेछ।

उद्घाटनका दिन समर्थकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। त्यसपछि भने कम्तीमा ४९९ रुपैयाँको खरिद गरेपछि प्राप्त हुने ‘एक्सपिरियन्स कुपन’ मार्फत प्रवेश गर्न सकिनेछ।

फ्यान पार्कमा खेल हेर्नुका साथै सङ्गीत, खानपान, खेलकुद गतिविधि र परिवारका लागि छुट्टै क्षेत्रसमेत रहने टोलीले जनाएको छ। समर्थकलाई एउटै ठाउँमा भेला भएर आफ्नो टोलीलाई समर्थन गर्ने वातावरण बनाउन यस्तो व्यवस्था गरिएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP