गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत गर्न पाइने

गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत गर्न पाइने

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार बिहानदेखि खुकुलो बनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो।

प्रशासनले स्थानीय परिस्थितिलाई निरन्तर अनुगमन गरिरहेको जनाउँदै अवस्था सामान्य बन्दै गए थप खुला गर्ने वा आवश्यक परे पुनः कडाइ गर्ने निर्णय गरिने जनाएको छ।

कर्फ्यु खुकुलो भएसँगै गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा समेत सहजीकरण गरिने भएको छ। तर, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कर्फ्यु खुकुलो भएको अवधिमा पनि पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ।

पछिल्ला दिनमा उत्पन्न तनावपछि गोलबजार क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको जनाएको छ भने सर्वसाधारणलाई संयमित र जिम्मेवार व्यवहार गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सप्तकोशीमा पानीको बहाव बढ्दो, कोशी ब्यारेजका २५ ढोका खोलिए
1 हप्ता अगाडि

काठमाडौं। निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएको छ। ...

छुटाउनुभयो कि ?

TOP