रसुवा । भोटेकोशी बाढीका पीडितहरू आफन्तको उद्धारको पर्खाइमा रसुवास्थित श्रीनाथ गणबाहिर बस्ने गरेका छन्।
बाढीपछि सम्पर्कविहीन भएका आफ्ना आफन्तको खोजी तथा उद्धारका लागि उनीहरू श्रीनाथ गणबाहिर बसेर सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग छिटो उद्धार गरिदिन हारगुहार गरिरहेका छन्।
पीडितका अनुसार कतिपय आफन्तहरू विभिन्न जलविद्युत् आयोजनाका सुरुङमार्गमा फसेको आशंका गरिएको छ। उनीहरूले सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाई तत्काल उद्धार गर्न माग गरेका छन्।
आफन्तको कुनै खबर नआउँदा पीडित परिवारहरू चिन्तित र भावुक बनेका छन्। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!