भोटेकोशी बाढीपीडितका लागि इस्कोन नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि इस्कोन नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन इस्कोन नेपालका भक्तजनहरूले ५ लाख रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेका छन्।

बुढानीलकण्ठस्थित इस्कोन केन्द्रमा सेवा तथा धार्मिक गतिविधिमा संलग्न भक्तहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी सरकारको एकद्वार प्रणालीमार्फत सहयोग सोमबार हस्तान्तरण गरेका हुन्।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। सोही आह्वानअनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले विभिन्न माध्यमबाट आर्थिक तथा सामग्री सहयोग जुटाइरहेका छन्।

इस्कोन नेपालले सनातन धर्म, संस्कृति र मानवीय सेवाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएदेखि नै प्राकृतिक विपद् तथा मानवीय संकटका बेला राहत, खाद्यान्न वितरण र अन्य सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाले विपद्को यस घडीमा पीडित नागरिकलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP